buddissubedi@gmail.com (920) 809-1210 Appleton,Wisconsin - USA
yes

एनआरएनए आइसिसि महासचिवमा उम्मेदवारी

काठमाडौँ ,गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको आगामी २०२३-२५ कार्यकालका लागि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाका निवर्तमान अध्यक्ष बुद्दी सागर सुवेदीले महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन ।
स्याङ्जामा जन्मेर चितवनमा बाल्यकाल बिताई अमेरिकालाई कार्यक्षेत्र बनाएका सुवेदी सफल ब्यावसायी र समाजसेविका रुपमा बिश्वमा परिचीत छन । विगत दुई दशकदेखि अमेरिकालाई आफ्नो कर्मभूमि बनाउँदै आएका सुवेदी सन २००३ मा अमेरिका जानु अघि विभिन्न कलेजमा अध्यापन पेशामा आवद्द थिए ।विद्यार्थी जीवनदेखि नै सामाजिक कार्यमा अग्रसर सुवेदी अमेरिका पुगेपछि पनि एनआरएनए अभियानमा लागेर आफ्नो ब्यावसायसँगै सक्रिय रुपमा सामाजिक सेवा गर्दै आएका छन । हाल उनी युएसका सफल ब्यावसायी बनीसकेका छन । हाल उनले अमेरिका र नेपालमा धेरै क्षेत्रमा ठुलो लगानी गरिसकेका छन । सुवेदीले अमेरिकामा हायात,होलिडे ईन,ह्यम्पटन,
विज्डमलगाएतका होटल र सुपरमार्केट संचालन गरिरहेका छन भने नेपालमा पनि विभिन्न क्षेत्रमा लगानी गरेका छन । सुवेदीले भर्खरै भैरहवामा रहेको पाचँ तारे टाइगर प्यालेस रिसोर्ट खरिद गरेका छन ।
सबैमाझ लोकप्रिय र नम्र स्वभावका सुवेदी संस्थागत विकास ,एनआरएनएमा सबैको अपनत्व बोधको लागि यस पटक आफू महासचिव पदमा उम्मेदवारी दिने अन्तिम तयारीमा रहेको बताऊछन । उनले संस्थालाई आमुल परिवर्तन गर्नको लागी पद्धति र पारदर्शीतासहितको एनआरएनए बनाउने एजेण्डा स्थापित गर्न, वंशजको आधारमा नागरिकताको निरन्तरताका लागि राजनैतिक दलहरु र सरकारसँग संवाद मार्फत कार्यान्वयन गर्न, महिला , युवा, दोश्रो पुस्ता र श्रमिकमैत्री बनाउँदै एनआरएनए अभियानमा सबै गैरआवासीय नेपालीलाई जोड्न , सवैलाई एनआरएनएमा सहभागिताको सुनिश्चितता गराउन, नेपाली कला संस्कृति, संस्कार र परम्परालाई नेपाली डायस्पोरामा पुर्याउन, गैर आवासीय नेपाली संघले सञ्चालन गरेको परियोजना र गतिविधिहरुको पारदर्शितारूपमा सुरुवात गर्दै सचिवालय सञ्चालन गर्न , अनावश्यक आर्थिक चलखेल र अनियमिततालाई पारदर्शीरुपमा सार्वजनिक गर्न, अनावश्यक कर्मचारी कटौती गर्न आफ्नो उम्मेदवारी रहेको बताए । गैर आवासीय नेपाली संघको पंजीकृत सदस्य र राष्ट्रिय समन्वय परिषदहरु स्वाधीनता र स्वतन्त्रतामा हस्तक्षेप नगरि समन्वयकारी भूमिका निर्वाह गरेर विधानको पूर्ण कार्यान्वयनका लागि पूर्ण प्रतिबद्ध हुँदै संघलाई एनआरएनको मन मस्तिष्क सँग जोड्ने संस्था बनाउने आफ्नो लक्ष्य रहेको सुवेदीले बताए ।
एनआरएनएमा सुवेदी विस्कन्सिन राज्यको च्याप्टर अध्यक्ष हुँदै एनआरएनए अमेरिकामा उपाध्यक्ष देखि अध्यक्ष सम्म यात्रा तय गरि एनआरएनए युएसएको सफल अध्यक्ष बनेका थिए । एनआरएनए युएसएमा आफ्नो कार्यकाल सफलतापुर्वक सम्पन्न गरेपछी विश्वमा रहेका गैरआवासीय नेपाली एनआरएनए अग्रज र एनआरएनए अभियन्ताहरुको सल्लाह सुझावका आधारमा आफूले महासचिवमा उम्मेदवारी दिएको बताउछन सुवेदी ।
सुवेदी एनसीसी अमेरीकाका सफल अध्यक्ष मध्येका एक हुन । विश्वकै ठूलो एनसीसी अमेरीकाका अध्यक्ष भइसकेका सुवेदीको आइसीसीको महासचिवको उम्मेदवारीलाई विश्वभर चर्चाका रुपमा हेरिएको छ । विश्वभरका साथीहरुले एनआरएन अभियानमा मेरो भूमिकालाई नजिक बाट नियाल्नु भएको छ सुवेदी भन्छन मेरो उम्मेदवारी निर्विकल्प छ । सवै एनआरएन साथीहरुले मलाई निर्विरोध यो जिम्मेवारी सुम्पिनु हुन्छ भन्नेमा आफू विश्वस्त रहेको सुवेदी दावी गर्छन । यद्यपि प्रजातान्त्रिक प्रणालीमा निर्णय निर्वाचनले गर्ने गर्दछ यदी अरु साथीहरु पनि प्रत्याशी बन्नु भए पनि आफू प्रतिस्पर्धात्मक निर्वाचनका लागी पनि तयार रहेको सुवेदी बताउछन । सुवेदीले आफूलाई विश्वास गरेर गैर आवासीय नेपालीहरुले भारी मतले बिजयी गराउनेमा ढुक्क रहेको बताए । आफू एनआरएनए एनसिसिको अध्यक्ष हुँदा आइसिसिबाट समन्वयकारी भूमिका नभएको र यदि आफू महासचिव भएको खण्डमा आइसिसिबाट हस्तक्षेपकारी भूमिका बाट राष्ट्रिय समन्वय परिषदलाई स्वायत छोड्ने प्रावधानको व्यवस्था गर्ने उनले बताए ।
यद्यपि उनका एजेण्डा भने केही दिनमा उम्मेदवारी सार्वजनिक गर्ने कार्यक्रममा नै जानकारी गराऊने सुवेदीले बताए । सुवेदीले आफू यस अभियानमा सामाजिक कार्य, सहयोगको भावना र केही गर्ने ऊद्देश्यले प्रवेश गरेकाले आफ्नो अभियानलाई साथ दिन विश्वमा रहेका गैरआवासीय नेपाली र अभियन्ताहरुलाई आग्रह गरेका छन । आफू यस सँस्थामा केही लिन नभई दिन आएकाले आफ्नो अभियानलाई साथ दिनको लागी सुवेदीले अनुरोध गरे ।
सुवेदीसँगै महासचिवमा हालका महासचिव गौरीराज जोशी,सचिव गंगाधर गौतम,एशिया प्याशिफीक संयोजक पारसमणि सुवेदीले आगामी कार्यकालका लागी महासचिवमा आउने ईच्छा ब्यक्त गरिसकेका छन ।

Sources: https://www.janasawal.com/2023/08/101902/