buddissubedi@gmail.com (920) 809-1210 Appleton,Wisconsin - USA
yes

Promise

गतीशिल नेतृत्व, सामुहिक सहभागीता एनआरएनए अमेरिकाकाको संस्थागत बिकास मेरो प्रतिवद्धता’

‘गतीशिल नेतृत्व, सामुहिक सहभागीता एनआरएनए अमेरिकाकाको संस्थागत बिकास मेरो प्रतिवद्धता’ भन्ने मुल नाराका साथ उमेद्वारी घोषणा गरेका सुवेदीले एनआरएनए अमेरिका सुरु सुन नसकेका महत्वपूर्ण कार्यक्रमलाई समेत पुरा गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । सुवेदीले अमेरिका सरकारले प्रदान गर्दै आएको सहयोगका लागि पहल गरी संस्थालाई आफैं सफल चल्न सक्ने बातावरणको सृजना, नेपाली समुदायका लागि लगानिका लागि प्रोत्साहन, एनआरएनएलाई धनिहरुको मात्र संस्था भन्ने जन गुनासोलाई ध्यानमा राखी प्रभावकारी एनआरएनए फाउण्डेसनको स्थापना गरी उसको क्षमता अनुसारको जिम्मेबारी दिन ध्यान लक्षित रहने, नेपालमा साना देखी ठुला योजना लैजान, दोहोरो नागरिकता, अमेरिकामा जन्मिएका नयाँ पुस्ता र महिलालाई एनआरएनए सम्म जोड्ने, सामुदायिक केन्द्र निर्माण, नेपाली भाषा तथा संस्कृतिको संरक्षण, खेल, शिक्षा लगायतका क्षेत्रमा पहल, नेपाल जाँदा लाग्ने भिषा शुल्क निशुल्क गर्न नेपाल सरकार संग पहल, नेपाली समुदायको चापलाई हेरी बाणिज्य दुतावास स्थापनामा जोड, एनआरएनएसंग जोडिन नपाएका नेपाली बिद्यार्थी साथीहरुलाई जोड्न बिषेस संजाल, च्याप्टर अध्यक्षहरुको भेला गराएर उनिहरुका परामर्ष पनि लिने लगायतका प्रतिवद्धता ब्यक्त गरेका छन् ।