buddissubedi@gmail.com (920) 809-1210 Appleton,Wisconsin - USA
yes

हार्दिक बधाई तथा शुभकामना

हार्दिक बधाई तथा शुभकामना

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको २०२३-२०२५ कार्यकालको लागि नवनिर्वाचित अध्यक्ष डा. अर्जुन वन्जाडे लगायत निर्वाचित हुनु भएको एनसीसीका साथीहरू, आईसीसीसदस्यहरु, तथा च्याप्टरका साथीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिन चाहान्छु। वर्तमान कार्य समितिले झोलामा रहेको संस्थालाई आफ्नो भवनमा राख्ने, अमेरिकी सरकारसँग नेपालमा राहत सामाग्री ढुवानीको लागि दीर्घकालीन सहकार्य, नेपालमा प्रसूति केन्द्रको निर्माण,युवा महिला, विद्यार्थीका लागि विभिन्न कार्य गर्नुका अलावा अन्य महत्त्वपूर्ण कार्य सम्पन्न गरिएको छ। वर्तमान कार्यसमितिका साथीहरू, च्याप्टरका साथीहरू, आइसिसीका साथीहरूको दुई वर्ष दिनु भएको योगदान बिना यी महत्त्वपूर्ण योगदानहरू प्राप्त गर्न सम्भव थिएन जसको लागि सबैलाई धन्यवाद दिन चाहान्छु। आगामी दिनमा समेत गैर आवासीय नेपालीहरूका बाँकी रहेका कामलाई सार्थकता दिनको लागि नव निर्वाचित कार्यसमितिले कार्य गर्ने छ भन्ने विश्वास लिएको छु।

बुद्धि सागर सुबेदी

अध्यक्ष

गैर आवासीय नेपाली संघ

राष्ट्रिय समन्वय परिषद् अमेरिका

मिति:- जुलाई २४, २०२३

कृपया मेरो वेबसाइटमा जानुहोस् र मलाई फेसबुकमा फलो गर्न स्वतन्त्र महसुस गर्नुहोस्