buddissubedi@gmail.com (920) 809-1210 Appleton,Wisconsin - USA
yes

हार्दिक आभार

हार्दिक आभार

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको २०२३-२०२५ कार्यकालको लागि पहिलो पटक फेस भेरीफिकेशन मार्फत भएको निर्वाचनमा भाग लिनुहुने सम्पूर्ण आजिवन सदस्य तथा साधारण सदस्यहरुज्युहरु प्रति हार्दिक आभार व्यक्त गर्दछु । नयाँ पद्दतिबाट निर्वाचनलाई सफलतापुर्वक सम्पन्न गर्नको लागि महत्वपुर्ण भुमिका निर्वाहा गर्नुहुने निवार्चन कमिटीका सम्पूर्ण सदस्यहरु प्रति पनि हार्दिक आभार व्यक्त गर्दछु।


यस निर्वाचनलाई सफलतापुर्वक सम्पन्न गर्नको लागि बिभिन्न माध्यमबाट सहयोग पुर्‍याउनुहुने पत्रकार मित्रहरु तथा अन्य महानुभावहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।


संस्थालाई नयाँ उचाइमा लैजानको लागि प्रजातान्त्रिक प्रकृयाबाट भएको निर्वाचनमा भाग लिनुहुने सम्पूर्ण उम्मेद्वारहरुलाई धन्यवाद दिदै आगामी दिनमा समेत गैर आवासिय नेपालीहरुका मागलाई सार्थकता दिनको लागि निरन्तरता दिनुहुनेछ भन्ने विश्वाश लिएको छु ।

बुद्दी सागर सुबेदी

अध्यक्ष
गैर आवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद् अमेरिका

मिती:- जुलाई २३, २०२३

कृपया मेरो वेबसाइटमा जानुहोस् र मलाई फेसबुकमा फलो गर्न स्वतन्त्र महसुस गर्नुहोस्