सम्माननिय राष्ट्रपति रामचन्द्र पौड्लज्यूसंगको भेटवार्ता सम्पन्न

सम्माननिय राष्ट्रपति रामचन्द्र पौड्लज्यूसंगको भेटवार्ता सम्पन्न !
आज एनआरएनएको एकता महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूसंग राष्ट्रपति कार्यालयमा भेटघाट गर्यो। सो अवसरमा हामीले सम्मानित सर्वोच्च अदालतको परमादेश अनुसार काठमाडौँमा सफलतापूर्वक महाधिवेशन सम्पन्न गरी सर्वसम्मतिको आधारमा नयाँ कार्यसमिति निर्वाचित गरिएको जानकारी गरायौं। यसै गरी एनआरएन नागरिकताको कार्यान्वयनमा देखिएका समस्या लगायतका विषयमा पनि हामीले जानकारी गरायौं। उक्त भेटघाटमा सम्माननीय राष्ट्रपतिज्यूले एनआरएनएलाई एकताबद्ध बनाएर लिएर जान सुझाव दिंदै नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिनु भयो। हाम्रा कुराहरु सुनी दिएर एनआरएनका मुद्दाहरुप्रति चासो व्यक्त गर्नु भएकोमा सम्माननीय राष्ट्रपतिज्यूप्रति हार्दिक आभार व्यक्त गर्दछौं।
भवदिय
बुद्धी सागर सुवेदी
उपाध्यक्ष
गैरआवासीय नेपाली संघ
Scroll to Top