buddissubedi@gmail.com (920) 809-1210 Appleton,Wisconsin - USA
yes

सदस्यता वितरणको समयावधि समाप्त

सम्पुर्ण गैरआवासीय नेपालीहरुमा नमस्कार !!!

गैर आवासीय नेपाली सघं अमेरिकाको (२०२१-२०२३ ) को लागी तोकिएको सदस्यता वितरणको समयावधि फेब्रुअरि १५ मा समाप्त भएसंगै उक्त कार्यका लागी गठित सदस्यता वितरण समिति (मेम्वरसिप ड्राईभ कमिटि २०१९-२०२१) को समय पनि उक्त दिनबाट सकिएको जानकारी गराउन चाहान्छु ।

सदस्यता दर्ताको समयमा यस संस्थाको गरिमालाई उच्च राख्न यहाँहरूले देखाउनु भएको माया र उत्साहलाई हामी उच्च सम्मान गर्दछौँ । गैर आवासीय नेपाली सङ्घ, अमेरिका हामी सबैको साझा संस्था हो र यस संस्थाको राम्रोको लागी हामी सबैको कर्तव्य हुन आउँछ । अव आउँदो कार्यकाल (२०२१–२०२३) का लागि हुने निर्वाचनमा सहभागिता जनाउनका लागी गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्, अमेरिकाको आग्रहलाई स्वीकार गरी सदस्यता लिनु हुने तथा यस अभियानमा सहयोग गर्नु हुने सम्पूर्ण गैर आवासीय नेपालीहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

यस अभियानलाई सफल रूपमा सम्पन्न गर्न दिनरात नभनी खट्नु हुने केन्द्रीय कमिटीका पदाधिकारी साथिहरु , आइटी कमिटीका साथीहरू, भेरिफिकेशन कमिटीका साथीहरू, सुपरिवेक्षण कमिटीका साथीहरू, मेम्बरसिप ड्राईभ कमिटीका साथीहरू, सम्पूर्ण च्याप्टरका साथीहरू, विभिन्न टास्क फोर्सका साथीहरू, सम्पूर्ण पत्रकार साथीहरू, एनआरएनएलाई माया गरी सदस्यता दर्तामा सहयोग पुर्‍याउनुहुने सम्पूर्ण अभियान्ताहरु सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछु ।

यस्तै कतिपय सदस्यता दर्ता गर्नुहुने साथिहरुको सदस्यता विभिन्न समस्याका कारण अर्थात नाम, जन्म मिति , परिचयपत्र , फोटो जस्ता कुराहरु नमिलेकाकारण भेरिफिकेशन हुन सकेको छैन र त्यस्कालागी भेरिफिकेशन टिमले तपाईहरुको मेल बक्समा जानकारी पठाईरहेको छ । उक्त कुराहरुलाई ख्याल गर्दै अपडेट गर्नुपर्ने जानकारीहरु यहि फेब्रुअरि २८ सम्ममा टिमलाई गराई आफ्नो सदस्यता दर्ता पक्का गर्नुहुन हार्दिक अनुरोध पनि गर्दछु ।

बुद्धि सागर सुबेदी
उपाध्यक्ष
एनआरएनए एनसिसि युएसए


——————-

गैर आवासीय नेपाली संघ, अमेरिकाको २०२१ देखि २०२३ सम्मको कार्यकाल लक्षित मेम्बरसिप ड्राइभ विशेष अभियानको सदस्यता आवेदनको समय सकिएको छ । मलाई विश्वास गरी यस अभियानलाई संयोजकको रुपमा रही परिचालन गर्ने महत्वपूर्ण जिम्मेवारी दिनुभएकोमा म संघका अध्यक्ष एवं वर्तमान कार्यसमितिलाई आभार व्यक्त गर्न चाहन्छु । यस अभियानको संयोजकको जिम्मेवारी मलाई कार्यसमितिले सुम्पिरहदा एउटा चुनौतीको रुपमा मैले यसलाई लिएको थिए । कतै संघको यस अभियानलाई संयोजन गरिरहदा यस अभियानलाई आम अमेरिकाबासी गैर आवासीय नेपाली माझ पुऱ्याउन सकिएला कि नाई भन्ने चिन्ताले मलाई सधैं सताइरहन्थ्यो । कोरोना कहरका बीचको विषम परिस्थितिले गर्दा पनि प्राप्त त्यो जिम्मेवारी अलि भारी लागिरहेको थियो । तर विश्वास यो पनि थियो कि सबैको साथ, सहयोग र सक्रियताले एनआरएनए अमेरिकाको मेम्वर सिप ड्राइभ अभियानले सार्थकता प्राप्त गर्नेछ । मेरो संयोजनमा बनेको मेम्बरसिप ड्राइभ कमिटिका को चियरहरु, सदस्य साथीहरु, एनआरएनए अमेरिकाको वर्तमान कार्यसमिति, प्रमुख संरक्षक एवं संरक्षक ज्यूहरु,संस्थाका पूर्व अध्यक्ष ज्यूहरु, सल्लाहकार ज्यूहरु, च्याप्टरका साथीहरु, विभिन्न सामुदायिक संस्थाका साथीहरु, आइसिसीका पदाधिकारी तथा सदस्य ज्यूहरु, एनआरएनए अमेरिकाका अभिन्यताहरु, संचारकर्मी साथीहरु सबैको सामुहिक प्रयास यथेष्ट साथ, सहयोग अनि सक्रियताले गर्दा मेम्वरसिप ड्राइभ सफलता पूर्वक सम्पन्न हुन सकेको छ । यसका निम्ति म मेम्वर सिप ड्राइभ कमिटिको संयोजकको नाताले मेरो व्यक्तिगत तर्फवाट र कमिटिको तर्फवाट सबैमा हार्दिक धन्यवाद दिन चाहन्छु ।यस अभियानलाई सार्थक बनाउन भूमिका खेल्नुहुने एनआरएनए आइटि कमिटि, सदस्यता भेरिफिकेशन कमिटिलाई पनि धन्यवाद व्यक्त गर्दछु । यस अभियानका दौरान संभव भएसम्म गैर आवासीय नेपालीको वसोबास रहेको धेरैं राज्य र शहरमा पुग्ने मेरो प्रयास रह्यो । परिस्थितिवश र केही समय अभावले गर्दा सबै ठाउमा भौतिक रुपमा म पुग्न सकिन पुग्न नसकेको ठाउहरुमा बस्नुभएका नेपालीहरुमा एनआरएनए अभियानका दौरान प्रत्यक्ष रुपमा पनि भेट पक्कै हुनेछ । तपाईहरुसग प्रत्यक्ष भेटघाटको प्रयास म वाट निरन्तर भइनैं रहन्छ । भौतिक रुपमा संभव भएका ठाउमा भौतिक रुपमै र नभएको अवस्थामा अनलाइन माध्यममार्फत तपाईहरुसग यो विचमा जोडिने प्रयास हामीले गऱ्यौं । धेरैं साथीहरुवाट यथेष्ठ सहयोग प्राप्त भयो । त्यसैले गर्दा नैं मेम्वरसिप ड्राइभ सफल भएको हामीले ठानेका छौं । प्रत्यक्ष रुपमा विभिन्न राज्य र शहरमा एनआरएनए अभियन्ताहरुसग भेट्ने र कुराकानी गर्ने जुन वातावरण यस विचमा बन्यो म सबैं एनआरएनए अभियन्ताहरु जसले न्यानो आतिथ्यता प्रदान गर्नुभएको सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु । तपाईहरुले गर्नुभएको योगदानको उच्च सम्मान गर्दछु । यस बीचमा सदस्यता लिनुभएका तपाई सबैं सहीत संस्थामा सम्मानित सबै सदस्यहरुमा हार्दिक नमस्कार छ । धन्यवाद । बुद्धी सुवेदी संयोजकमेम्बर सिप ड्राइभ कमिटी (एनआरएनए, अमेरिका वर्ष २०२१ देखि २०२३) एवंउपाध्यक्षगैर आवासीय नेपाली संघ,अमेरिका