Buddi formally kicked off his NRN US Presidential Campaign

वुद्धि द्वारा NRN USA अध्यक्षमा उमेद्वारी – एनआरएनए अमेरिकाका वर्तमान उपाध्यक्ष वुद्धि सुवेदीले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको आसन्न निर्वाचन २०२१-२०२३ कार्यकालको लागि अध्यक्षको लागी उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनए अमेरिकाको विस्कंसन च्याप्टरका अध्यक्ष टुकराज शर्माले सुबेदीलाई अध्यक्ष पदमा उमेद्वारीका लागी प्रस्ताव गरेका थिए। शर्माको प्रस्ताव लगत्तै सुवेदीले उमेद्वारी घोषणा गरेका थिए भने एनआरएनए अमेरिकाका अर्का उपाध्यक्ष सर्बज्ञ वाग्लेले सुबेदीको उमेद्वारीलाई समर्थन गर्दै कविता वाचन गरेका थिए।

सुवेदीले जुम प्रबिधिको प्रयोग गरेर आफ्ना शुभचिन्तकलाई भेला गरेर अध्यक्षमा उठ्ने घोषणा गरेका हुन्। कार्यक्रमको पहिलो सत्रलाई बिभिन्न अन्लाईनहरुले फेसबुकमा लाईभ प्रसारण गरेका थिए। अनलाई भेलामा अमेरिकाका बिभिन्न राज्यहरूका एनआरएन अगुवाहरूको सहभागिता रहेको थियो । सुवेदीको उमेद्वारीमा एन आर एन एका संस्थापक उपाध्यक्ष डाक्टर श्याम कार्कीले समर्थन गर्दै सुवेदीलाई सहयोग गर्न सबैसंग अनुरोध गरेका थिए।

सुवेदीले विदेशमा बस्ने नेपालीहरूको एक मात्र साझा संस्था एनआरएनएले विदेशमा बस्ने नेपाली र नेपाल बिच जोडने एउटा पुलको रूपमा काम गर्दे आएको हुँदा नेपालमा आफ्ना अधिकारसँगै नेपाललाई के कसरी सहयोग गर्ने सकिन्छ भन्ने अभियानमा समेत आफू लागी पर्ने उम्मेदवारी घोषणा सभामा बताए।

घोषणा सभामा सुवेदीले पत्रकारहरुका प्रश्नको जवाफ दिएका थिए भने दोस्रो सत्रमा शुभकामना लिएका थिए।

एनआरएनको अभियानको सदस्य हुँदै सहभागी भएका बुद्धि सुबेदी विस्कन्सन राज्य च्याप्टरको संस्थापक अध्यक्ष हुँदै एनआरएनए एनसिसि अमेरिकाको वर्तमान उपाध्यक्ष पदमा रहेर काम गरेका छन्।

बिद्यार्थीकाल देखी नै बिद्यार्थीहरुको हकहितको लागी लड्दै हिँडेका सुबेदी समय अनुसार प्राध्यपकहरुको विभिन्न तहमा बसी काम गर्दे समाज सेवालाई नजिकबाट चिन्ने मौका पाएका तथा विभिन्न सघंसस्धाहरुमा नेतृत्वकारी भूमिका मा बसिसकेका हुनाले पनि एनआरएनए अमेरिकाको लागी योग्य उम्मेदवारिको रूपमा पनि लिएको पाइन्छ ।

 

Source: nepalesediaspora.com

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top