buddissubedi@gmail.com (920) 809-1210 Appleton,Wisconsin - USA
yes

हार्दिक आभार न्युयोर्क

हार्दिक आभार 🙏

आदरणीय सम्पूर्ण न्युयोर्क बासी दाजुभाई तथा दिदिबहिनीहरू ,साथीभाईहरू,विभिन्न संघ-संस्थाका अध्यक्ष ज्युहरू तथा प्रतिनिधि ज्युहरु, पत्रकार मित्रहरू, कार्यक्रम आयोजक ज्युहरू ।

पहिला त म यहाँहरू सबैको न्यानो माया,आथित्य,सुजाब तथा अमूल्य समयको लागि हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्न चाहन्छु। आफ्नो कार्य व्यस्तताको समयमा पनि मेरो लगायत आयोजक ज्युहरुको निमन्त्रणा लाई स्विकार गरेर अन्तरक्रिया कार्यक्रममा भाग लिई मलाई शुभकामना, सुजाब र सल्लाहहरू दिनु भएकोमा म त्यस्को लागि पनि हार्दिक आभारी छु ।

यहाँहरुले दिनु भएको सुजाब, सल्लाह र साथलाई म सधै उच्च मुल्याकन गर्दै कामहरु अगाडि बढाउदै लैजाने छु। समय अभावको कारणले गर्दा इच्छा हुँदाहुदै पनि धेरै साथीभाईहरु, इस्टमित्रहरू ,संघ संस्थाका प्रतिनिधि ज्युहरु सगँ भेटहुन नसकेकोमा त्यसको लागि पनि क्षमा चाहन्छु र चाडैनै फेरि अर्को अन्तरक्रिया कार्यक्रम लिएर याहाँहरुको शहरमा छिटै नै उपस्थित हुने बाचा सहित अहिलेलाई विदा हुन चाहन्छु l अन्त्यमा, आशा छ हजुरहरू सबैको साथ सहयोग, समर्थन र आर्शिबाद यसरीनै सधै पाईरहने छुI धन्यवाद 🙏जय एनआरएनए।हजुरहरुकै,बुद्धि सागर सुवेदीअध्यक्ष पदको उमेदवार (२०२१-२०२३)एनआरएनए अमेरिका (राट्रिष्य समन्वय परिषद्)