buddissubedi@gmail.com (920) 809-1210 Appleton,Wisconsin - USA
yes

एनआरएनएमा सुवेदीको उम्मेदवारी

एनआरएनएमा सुवेदीको उम्मेदवारी

बुद्धिसागर सुवेदीले एनआरएन अमेरिकाको २०२१–२०२३ को अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ।

केही दिन अघिदेखि नै उम्मेदवारी दिने चर्चा चलिरहेकै बखत उहाँले आज सो घोषणा गर्नुभएको हो।उहाँको उम्मेदवारीले एनआरएनएमा चर्चा थप चुलिएको छ ।

एनआरएन अमेरिकाको साधारण सदस्य हुँदै विन्सकन्सिनको संस्थापक च्याप्टर अध्यक्ष र वर्तमान उपाध्यक्ष रहँदै डेढ दशक देखि गैर आवासीय नेपालीको हितमा पाइला चाल्दै आउनुभएका ५१ वर्षीय सुवेदीले आज बिहान जुममार्फत् विस्कन्सिनबाट आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो।

घोषणा सभामा सुवेदीले गैर आवासीय नेपालीको साझा संस्था एनआरएनएलाई अझ व्यापक बनाइ थप उचाइँमा पुर्याउन आफूले सक्दो प्रयास गर्ने वचनवद्धता व्यक्त गर्नुभएको छ।उहाँले आफूभन्दा अग्रजहरुले देखाएको र हिँडेको बाटोलाई आत्मसात गर्दै सामूहिक भावनालाई समेटेर आफूले सबल र सक्षम एनआरएन बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।उहाँले सहमति र सहकार्यको मूलमन्त्रलाई आत्मसात गर्देै यो सबै अमेरिकन नेपालीको संस्था हो भन्ने भावना जागृत गराउने खालका कार्यक्रम ल्याउने छु भन्नुभयो।

अध्यक्ष पदका प्रत्यासी सुवेदीले आफ्नो कार्यकालमा गर्न सकिने थुप्रै कामको फेहरिस्त प्रस्तुत गर्दै नेपालको संविधानमा उल्लेख भएको गैर आवसीय नेपालीलाई प्रदान गरिने दोहोरो नागरिकताको प्रयासलाई आफूले प्रमुख मुद्धाका रुपमा उठाउने प्रतिवद्धता व्यक्त गर्र्दै एनआरएनएमा युवा विद्यार्थी र महिलाहरुको सहभागितालाई आफूले प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।

उहाँले नेपाली भाषा,संस्कृति र साहित्यको बढोत्तरीका लागि निरन्तर लाग्ने र अमेरिकी नागरिकता लिएका नेपालीहरुलाई नेपाल प्रवेश गर्दा लाग्ने गरेको भिसा शुल्क निशुल्क बनाउन प्रयास गर्ने पनि बताउनुभयो।

उहाँले घोषणा सभामा अमेरिकामा रहेका नपालीहरुको लागत संकलन गर्न सक्दो प्रयास गर्ने,च्याप्टर अध्यक्षको भेला गराएर ती स्थानका समस्या संकलन गर्ने,टीपीएस र असाइलमका लागि हेल्प डेस्क खडा गर्ने,थप च्याप्टर बनाउन प्रयास गर्ने,एनआरएनको सामूहिक लगानीलाई पनि प्राथमिकतामा राखेर काम गर्ने वचनवद्धता व्यक्त गर्नुभयो।

चितवनको माडीमा आफ्नो बाल्यकालीन जीवन बिताउनु भई त्यहाँदेखि नै सामाजिक कार्यकर्ताका रुपमा आफूलाई चिनाउन सफल हुनुभएका सुवेदी एक जागरुक र वौद्धिक युवाका रुपमा हुनुहुन्छ । नेपालमा रहँदा विद्यालय स्तरदेखि कलेजस्तरसम्म र गाविसस्तरदेखि अमेरिकाको च्याप्टर अध्यक्ष हुँदै हालका उपाध्यक्ष र सदस्यता वितरणका प्रमुख सुवेदी एक कुशल व्यवस्थापकका रुपमा पनि परिचित हुनुहुन्छ।

घोषणा सभामा उपस्थित युवाले सुवेदीले कोभिडको महाव्याधीका बेलामा पनि सदस्यता वितरणमा गर्नुभएको लगातारको प्रयास उदाहरणीय रहेको जनाउँदै उहाँको प्रजातन्त्रप्रति अटल विश्वास र लगाव छ भन्नुभएको थियो।उहाँहरुले सुवेदीले एनआरएनको‘एकपटकको नेपाली सधैँको नेपाली’भन्ने मूलमन्त्रलाई आत्मसात गरी यो अभियानलाई उत्कर्षमा पुर्याउन सक्नुहुनेछ भन्ने विचार पनि व्यक्त गर्नुभएको थियो।

विस्कन्सिन च्याप्टरका अध्यक्ष टुकप्रसाद रेग्मीको सभापतित्वमा सम्पन्न यो घोषणा सभामा आइएनएलएसका महासचिव सर्वज्ञ वाग्ले,लाल काफ्ले,एनआरएनका संस्थापक उपाध्यक्ष श्याम कार्की,राजेश पण्डित,हरि गैरे,कुलानन्द शर्मा,दिलु पराजुली,गोविन्द सुवेदी,किरण मरहठ्ठा,गुणराज लुइँटेल लगायतले आ-आफ्नो जिज्ञासा तथा शुभकामना दिनुभएको थियो।

कार्यक्रमको पहिलो सत्र सरु शर्मा र दोस्रो सत्रको संयोजन सतीश चापागाईँले गर्नुभएको थियो।

 

Source : enepalese

Leave a Reply

Your email address will not be published. Required fields are marked *